२०८१ माघ १२ गते शनिवार

सुनिलको “फेसबुकमा” सिम्पल खरेल ( भिडियो )

साउन २९। कोरना कहर बीच गीत संगीत प्रेमीहरुलाई मनोरंजन प्रदान गर्न गायक रमेश कडेलले आफ्नो नयाँ सांगीतिक कोशेली “फेसबुकमा” सार्वजनिक गरेका छन्। डान्सिङ शैलीको यस गीतमा स्वर रमेश कडेलको रहेको छ भने शब्द दिपेश चापागाईको रहेको छ। गोविन्द हुमागाईले संगीतवद्द गरेको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्।

सुनिल क्षेत्री र सिम्पल खरेल फिचर्ड म्युजिक भिडियोलाई नेपाली ठिटो समूहले कोरियोग्राफी गरेका हुन्। नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन्। अभिनय संगसंगै निर्देशनमा आफुलाई अब्बल सावित गर्न सफल सुनिल क्षेत्रीको निर्देशनमा भिडियो तयार पारिएको हो। गायक कमल खत्रीको अफिसिएल च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।

उत्कृष्ठ गीत संगीत मार्फत दर्शक, स्रोताको मन जित्न सफल गायक कडेलका यसअघि “मायालु”, “देख्न पाउ” , “ईमेल इन्टरनेट”, ‘सरर हावा” लगायतका दर्जनौ गीतहरु सार्वजनिक भैसकेका छन्।

प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *