२०८१ माघ ३ गते बिहिवार

भारतीय अभिनेता अनुपम खेरको परिवारलाई कोरोना संक्रमण पुष्टी


असार २९ । भारतीय अभिनेता अनुपम खेरको परिवारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अनुपम खेरकि आमा र परिवारका अन्य सदस्यलाई संक्रमणको पुष्टि भएको हो ।

अनुपमले ट्विट गर्दै आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको बताए ।

अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ । यसैबीच, भारतीय अभिनेता अमिताभ बच्चनसहित अभिनेत्री ऐश्वर्या राय, उनकी छोरी र अभिनेता अभिषेक बच्चन पनि संक्रमित भइसकेका छन् ।

प्रकाशित मिति : २०७७ असार २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *