२०७८ जेष्ठ ४ गते मङ्गलवार

दाङका सन्तोष श्रेष्ठको ‘मायामा मालामाल’ सार्वजनिक (भिडियोसहित)

दाङ, असार २३ । संगीतकार सन्तोष श्रेष्ठको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । दर्जनौं चर्चित गीतहरुमा संगीत भरेर लोकप्रियता हासिल गरेका श्रेष्ठले पछिल्लो समय आफ्नै स्वरमा ‘मायामा मालामाल’ गीत गाएका छन् ।

त्यसको भिडियो पनि सार्वजनिक भएको छ ।

डा. नवि अधिकारीको शब्द र सन्तोष श्रेष्ठकै संगीतमा रहेको गीतमा श्रेष्ठलाई गायिका मीना कार्कीले साथ दिएकी छन् । म्युजिक भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । उत्सव दाहालको छाँयाङकन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको गीत दर्शकले राम्रै रुचाएका छन् ।

‘ तिमीले पराई ठानेपछि, ‘तिमीले हाँसो लुटी गयौं, ‘तिम्रो सम्झनाले मलाईल’ जस्ता सफल गीतहरुमा श्रेष्ठले संगीत दिएका छन् ।

प्रकाशित मिति : २०७७ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *