असार ५ । नायिका ऋचा शर्माले ‘चलचित्र टीभी’नामक मोबाइल एप ल्याउँदै छिन्। यो एप असार १० गते सार्वजनिक गर्ने तयारी रहेको ऋचाले बताएकी छिन् । ऋचाले अमेरिकामा रहेका केही लगानीकर्ताको सहकार्यमा एप ल्याउन लागेकी हुन्।अहिले सम्म युट्युबमा सार्वजनिक नभएका ‘छक्का पन्जा ३ र ‘छ माया छपक्कै’ दुवै फिल्म नायिका ऋचा शर्माले किनेकी हुन्। दुवै फिल्मका लागि हाल १०–१० लाख रुपैयाँ एड्भान्स रकम भुक्तानी दिइएको छ।
अब यी दुइ फिल्म एप डाउनलोड गरेर केही रकम तिरेपछि हेर्न सकिनेछ । कोरोना महामारीका कारण भएको लकडाउनको अवधिमा डिजिटल माध्यमबाट फिल्म हेर्ने दर्शकको बढे संगै ऋचाले पनि खाली समयको सदुपयोग गर्दै नयाँ काम थालेकी हुन्। उनी नयाँ कामले उत्साही छिन्।
प्रकाशित मिति : २०७७ असार ५ गते शुक्रवार