
जेठ २६ । नायिका स्वस्तिमा खड्काले हालै एक तस्वीर शेयर गर्दै ‘शान्ती’ लेखेकी छिन् । स्वस्तिमाले पनि लक डाउनका कारण उकुसमुकुस भएको बताउँदै आएकी थिइन् । स्विमिङ पूलमा रमाउँदै गरेको यो तस्वीर लक डाउनकै समयको हो या, पहिलेको हो उनले खुलाएकी छैनन् ।
देशमा लक डाउनका कारण मानिसहरु तनावमा छन् । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरुलाई आनन्द र शान्त ठाउँको खोजी हुनु स्वभाविक नै हो ।
अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरुका लागि त लक डाउनले उकुसमुकुस बनाउनु स्वभाविक नै हो । कलाकारहरुले सामाजिक संजालमा तस्वीर शेयर गर्दै स्विमिङ पूल मिस गरिरहेको बताएका छन् ।


प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते सोमवार