
बैशाख १। गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत सार्वजनिक भएको छ । दुर्गेश थापाले आफ्नो नयाँ गीत नयाँ बर्षको अवसरमा सार्वजनिक गरेका हुन् । थापाले आफ्नै शब्द स्वरमा “द मास्कर” नामक नयाँ म्युजिक भिडियो आज सार्वजनिक गरेका हुन् ।
भिडियोमा मोडल सोनीका रोकायालाइ देख्न सकिन्छ । गीतमा दुर्गेश थापाको आफ्नै संगीत रहेको छ । यस भिडियोलाइ अरोन अशोककुमारले छायांकन गरेका छन् । सम्पादन भने मिलन विस्वकर्मा ले गरेका हुन् ।
सार्वजनिक नया गीतमा उनलाई धोका दिने पूर्व प्रेमिका माथि व्यंग्य गरिएको छ भने,राजनीतिक दलका नेताहरु माथि पनि व्यंग्य प्रहार गरिएको छ। यस गीतको भिडियोलाइ शिब बिकले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति : २०७७ बैशाख १ गते सोमवार