काठमाडौं, फागुन १ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्र फागुनको ३० गतेबाट रिलिज हुनेछ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्रको ट्रेलरमा संगीत र प्रेमलाई जोडिएको छ ।
चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र विछोडलाई प्रस्तुत गरिएको छ । चलचित्रमा पल शाह ,पूजा शर्मा हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरीको मुख्य भूमिका रहेको छ । पल र पूजाको भेट, रोमान्स, प्रेम, करिअर र विछोडको वरिपरी यो चलचित्रको ट्रेलर प्रस्तुत गरिएको छ ।
पूजा शर्मा र सुदर्शन थापाको लगानी रहेको यो चलचित्रमा जन्मजय र साम्पाङ राई सह–निर्माताको रुपमा छन् । चलचित्रमा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सुदर्शन थापाको कथा, शिवम् अधिकारी र दिनेश न्यौपानेको पटकथा, अर्जुन पोखरेलको संगीत छ ।
प्रकाशित मिति : २०७६ फाल्गुन १ गते बिहिवार