
नेपाली र्यापर तथा गायक समिर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई जावलाखेलबाट पक्राउ गरेको हो।
समाजमा अपाच्य अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए।
पछिल्लो समय ’हामी यस्तै त हो नी ब्रो गीतवाट चर्चामा आएका थिए । गीतमा प्रहरीलाई अश्लील गाली गरिएको छ । त्यस्तै प्रहरीचौकीमै रक्सी खाएर मस्ती गर्ने लगायतका शब्द पनि प्रयोग गरिएका छन् । भिटेनले हामी यस्तै त हो नी ब्रो नामक गीत भने युट्युबबाट हटाइसकेका छन् ।
प्रकाशित मिति : २०७६ कार्तिक ७ गते बिहिवार
