२०८१ असोज २९ गते मङ्गलवार

संगीत गायन तारा कार्यक्रम गरिने

यमकला भुसाल,
तुलसीपुर, कार्तिक ४ । दाङमा ओम संगीत गायन तारा २०७६ सञ्चालन गरिने भएको छ । ओम सगिंत कला केन्द्र दाङको आयोजनामा मंसिर महिनाको पहिलो सातादेखि कार्यक्रम हुने जानकारी दिइएको छ । रिपोटर्स क्लव दाङ तुलसीपुरमा सोमबार पत्रकार सम्मेलन गरेर त्यस्तो जानकारी दिइएको छ ।पत्रकार सम्मेलनमा संगीतकार राजेश क्षेत्रीले कला संस्कृतिको संरक्षणका लागि कार्यक्रम गर्न लागेको बताए ।

कला केन्द्रले जिल्लाका प्रत्येक स्कुल तथा क्याम्पसहरुमा लुकेर रहेका नवप्रतिभाहरुको प्रतिभा पहिचान गर्न संगीत गायन तारा कार्यक्रम गर्न लागेको जानकारी दिइएको छ ।

प्रथम हुनेलाई १ लाख पुरस्कार
गायन तारामा प्रथम हुने प्रतियोगिले १ लाख नगदसहित एउटा एल्वममा गीत गाउने अवसर , मेडल र ६ महिना फ्रिमा संगीत प्रशिक्षण दिइने भएको छ । त्यस्तै द्धितियले ५० हजार नगद, एउटा एल्बममा गीत गाउने अवसर,मेडल र फ्रिमा ६ महिना संगीत प्रशिक्षण दिइने भएको छ । त्यस्तै तृतियले स्थान हासिल गर्नेलाई २५ हजार नगद,मेडल र ६ महिना संगीत प्रशिक्षणको व्यवस्था गरिने जानकारी दिइएको छ ।

त्यस्तै कन्फिडेन्ट अवार्ड,बेष्ट चाइल्ड अवार्ड,पव्लिक च्वाइस अवार्ड प्राप्त गर्ने प्रतियोगिलाई बिशेष सम्मान तथा पुरस्कार तथा टप टेनमा पर्नेलाई बिषेश सम्मान तथा पुरस्कार दिइने आयोजकले जानकारी दिएको छ ।

५ देखि २३ वर्ष सम्मले मात्रै सहभागि हुन पाउने
कार्यक्रममा ओम संगीत कला केन्द्र दाङका संयोजक राजेन्द्र दाहालले जिल्लाका १० वटै स्थानीय तहमा पुगेर कार्यक्रम गरिने बताए । उनले गायन तारामा ५ वर्षदेखि २३ वर्ष उमेर समुहका प्रतियोगिलाई मात्रै सहभागि गराउने जानकारी दिए । गायन तारामा भाग लिने प्रतियोगीलाई फारम शुल्क ५ सय रुपैंया लाग्ने आयोजकले बताएको छ ।

रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गितकार तथा संगीतकार बच्चु कैलाश, चलचित्र पत्रकार सघं दाङका अध्यक्ष धुर्वराज न्यौपाने लगाएतले मनतब्य व्यक्त गरेका थिए । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल दाङका सस्थापक अध्यक्ष प्रेम प्रकाश मल्लको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका प्रेस सयोजंक प्रेम घर्तीले गरेका हुन ।

प्रकाशित मिति : २०७६ कार्तिक ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *