२०८१ माघ ३ गते बिहिवार

प्राबी शुक्रवार नमुना बिद्यालय छनौट

घोराही,माघ २६ । घोराही ७ शुक्रवारमा रहेको प्राबी शुक्रवार सामुदायीक बिद्यालय नमुना बिद्यालयको रुपमा छनौटमा परेको छ ।

घोराही ७ को वडा कार्यालयको सिफारिसमा घोराही उपमहानगरले प्राबी सुक्रवारलाई नमुना बिद्यालयकोरुपमा छनौट गरेको हो । वडा अध्यक्ष खोपिराम चौधरीले सो बिद्यालय नमुना बिद्यालयकोरुपमा बिकास गर्न उपमहानगरमा सिफारिस गरेका हुन ।

नमुना बिद्यालयमा छनौट भएमा बिद्यालयले शैक्षिकसहित भौतिक पुर्बाधारमा बजेट दिने घोराही १ का वडा अध्यक्ष समेत रहेका शिक्षा समितिका संयोजक राममणि पाण्डेले बताए ।

पाण्डे संयोजक भएर आएपछि सामुदायीक बिद्यालयको शैक्षिक सुधार थालेका छन । उनले घोराहीका १९ वटै वडामा नमुना विद्यालय छनौट गरिएको जानकारी दिए।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *