तुलसीपुर, साउन १९ । देशका उत्कृष्ट विद्यालयहरूमा दाङको तुलसीपुरमा रहेको पब्लिक ज्ञानज्योति मावि परेको छ ।
देशमा कक्षा ११ र १२ अध्यापन गराउने ४ हजार ३ सय ४० माविहरूमध्ये ज्ञानज्योति उत्कृष्ट १५ मा परेको हो । राष्ट्रिय परीक्षा बोर्डले नतिजा लगायतका अन्य विभिन्न प्रक्रिया र पद्धतिको अध्ययन, विश्लेषणले तयार गरिएको मापदण्डअनुसार पब्लिक ज्ञानज्योति उत्कृष्ट १५ मा परेको हो ।
रिजल्टबाहेक ५ सय बढी विद्यार्थी परीक्षामा सहभागी भएका माविहरूबाट अब्बल मावि छनोटका थप केही आधार तय गरेर अध्ययन गरिएको अध्ययन गर्ने शिक्षा सम्बन्धीको संस्थाले जनाएको छ ।
जसमा विद्यालयले बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, उच्च मावि सञ्चालन अनुमति पाएको वर्ष, भौतिक पूर्वाधार, पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलापको अध्ययन गरिएको छ ।
बोर्डले लिएको अन्तिम परीक्षामा कक्षा ११ तथा १२ मा न्यूनतम ५ सय विद्यार्थी रहेका माविहरूलाई नतिजाका लागि लिइएको थियो । कक्षा ११ मा ५ सय बढी परीक्षार्थी रहेका माविहरूको संख्या ८० थियो ।
कक्षा १२ मा ५ सयभन्दा कम विद्यार्थी बोर्डको परीक्षामा सहभागी गराएका ११ माविलाई यो मापदण्डबाट हटाइयो थियो । जसका कारण कक्षा १२ मा आइपुग्दा त्यो संख्या ६९ झरेको छ ।
अध्ययनमा ती ६९ माविबाट कक्षा ११ र १२ को नतिजामा ‘ए’ प्लसदेखि ‘डि’ प्लससम्म ल्याउने विद्यार्थीहरू यो मूल्यांकनको प्रमुख आधार हुन् । समग्र विद्यार्थीबाट ‘डी’ र ‘ई’ ग्रेड ल्याउने ९जसलाई बोर्डले ट्रान्सक्रिप्ट दिदैंन० हरूलाई घटाएपछि प्राप्त संख्याबाट नै प्रत्येक माविको कक्षा ११ र १२ को नतिजा प्रतिशतमा निकालिएको छ ।
सुरूमा ५ सय बढी विद्यार्थीलाई पहिलो मापदण्ड बनाइएको छ । त्यसबाट सर्टलिष्ट गरेर आएका ६९ माविहरूमध्ये उत्कृष्ट रिजल्ट ल्याएका टप ट्वान्टीमा अब्बल माविहरू छनोट गरियो अध्ययन संस्थाले जनाएको छ ।
टप ट्वान्टीमा रहेका माविहरूलाई पिपुल्स पर्सेप्सन, अतिरिक्त क्रियाकलाप, राष्ट्रिय परीक्षा बोर्ड ९पहिले एचएसबी०ले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट मावि अवार्ड, प्लस टु अध्यापन गराउन थालेको वर्षमा प्रतिस्पर्धा गराइएको थियो ।
जसमा रिजल्टलाई १० प्वाइन्ट र अन्य सबै मापदण्डलाई ५ प्वाइन्टमा मार्किङ गरेर सबै जोडेर एग्रिगेडमा निकालिएको थियो । त्यही एग्रीगेडमा प्राप्त प्रतिशतका आधारमा टप ट्वान्टी माविको छनोट गरिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पब्लिक ज्ञानज्योती सेकेण्डरी स्कुलको उत्कृष्ट नतिजाको प्रमुख कारण नै सबल व्यवस्थापकीय पक्ष मानिएको छ । यसका साथै, अनुभवी शिक्षक शिक्षिकाहरू अर्को पक्ष रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र जिसी बताउँछन् ।
२०६५ सालबाट कक्षा ११ र १२ को कक्षा सुरू भएको यस विद्यालयमा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुन्छ । शान्त एवं गुणस्तरीय शैक्षिक वातावरण, सुविधासम्पन्न भौतिक संरचना, अतिरिक्त क्रियाकलापमा जोड, स्तरीय ल्याव तथा लाइब्रेरी यस विद्यालयका थप विशेषता रहेको जिसीले बताए ।