तुलसीपुर,साउन १२ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा दाङका १२ हजार ७०८ जना परीक्षार्थी पास भएका छन् ।
बोर्डले बुधबार सार्वजनिक गरेको नतिजामा जिल्लाका २६२ जना परीक्षामा अनुपस्थित बाहेक सबैजना पास भएका हुन् ।
जिल्लामा यसपटक ३ दशमलव ६ देखि ४ जीपीए ल्याउनेको संख्या ४७० रहेका छन् । त्यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको संख्या १ हजार चार सय ६७ जना रहेका छन् भने २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको संख्या १ हजार ८४८ रहेको शिक्षा विकास तथा इकाई दाङले जनाएको छ ।
त्यस्तै २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या १ हजार ९९३ जना रहेका छन् भने २ दशमलव देखि २ दशमलव ८ जीपीए ल्याउनेको संख्या २ हजार चार सय ६३ रहेका छन् ।
त्यस्तै १ दशमलव ६ देखि २ जीपीए ल्याउनेको संख्या २ हजार ६ सय ५८ रहेका छन् भने १ दशमलव २ देखि १ दशमलव ६ जीपीए ल्याउनेको संख्या १ हजार ५१२ जना रहेका छन् ।