२०८३ असार २८ गते आइतवार

ज्योतिपुञ्जमा १० कक्षाका विद्यार्थीको बिदाई

दाङ, चैत २०। दाङको घोराहीमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज थपलीयाको अध्यक्षता भएको विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए ।


विद्यार्थीहरुलाई मायाको चिना, खादा र अविर लगाएर विदाई गरिएको थियो । विदाई भएर जाने विद्यार्थीहरुले आफूहरुले विद्यालयबाट धेरै सिकेको भन्दै उनीहरुले आफ्नो शैक्षिक यात्रासँग समाजमा उदाहरणीय काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

कार्यक्रममा ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालय प्रा.लिका अध्यक्ष हेमराज शर्मा, विद्यालयका प्रवन्ध निर्देशक बालचन्द्र शर्मा, प्रिन्सिपल बुद्धिराज अधिकारी,विद्यार्थी हिमाल डाँगी लगायतकाले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण भाईस प्रिन्सिपल पूर्णचन्द्र पाण्डेयले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *