२०८३ असार २७ गते शनिवार

शुक्रबार सुन-चाँदीको मुल्य घट्यो

काठमाडौं,साउन १६ । शुक्रबार पनि सुनचाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ । दुई दिनमा सुनको भाउ १३ सय रुपैयाँ घटेको छ ।

मंगलबार १ लाख ९४ हजार ४ सयमा कारोबार भएको सुन हिजो बुधबार १ लाख ९३ हजार ६ सयमा झरेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन २२७० रुपैयाँ रहेको चाँदी यस दिन २२३५ रुपैयाँमा झरेको छ ।

यसअघि मंगलबार २३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ साउन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *