२०८२ असार २३ गते मङ्गलवार

सुनको मुल्य तोलामा दुई हजार नौसय रुपैयाँले घट्याे


दाङ,असार १५ । सुनको मूल्य आज पनि घटेको छ। आज चाँदी पनि सस्तिएको छ।

गएको शुक्रबार तोलामा दुई हजार नौसय रुपैयाँ घटेको सुनको मूल्य आज थप एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको एक लाख ८८ हजार चारसय रुपैयाँमा झरेको छ।

गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ८९ हजार चार सय रुपैयाँ थियो।

गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्य तोलामा नौ हजार पाँचसय रुपैयाँ गिरावट आएको छ।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार एकसय ४० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *