२०८२ असार २३ गते मङ्गलवार

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको वृद्धि

काठमाडौं,असार १० । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ ।

सेसनमा नेप्से परिसूचक २.७० अंकले बढेर २६०३.४६ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.७६ अंक बढेको छ ।

सेसन अवधिमा ३७ कम्पनीका ६१ हजार ८२७ कित्ता शेयर किनबेच हुँदा ३ करोड ६९ लाख ३२ हजार ६०४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार हुँदा २१ वटाको मूल्य बढेको छ भने १६ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : २०८२ असार ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *