काठमाडौं,जेठ १६ । आज साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य सामान्य रूपले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने केही घट्दै तोलामा १ हजार ९८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।
बिहीबारको तुलनामा सुनको मूल्य ७ सय रुपैयाँले बढेको हो। बिहीबार छापावाल सुन १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य १ हजार ९९५ रुपैयाँ रहेको थियो, जसअनुसार आज चाँदी १५ रुपैयाँले घटेको हो।
प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते शुक्रवार