२०८२ बैशाख ७ गते शनिवार

सोमबार कस्तो छ सुनको मुल्य ?


काठमाण्डौ ,चैत ४ । आज पनि सुनको भाउ स्थिर रहेको छ ।

सुनको भाउ आज पनि हिजो जस्तै ताेलाकाे एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

गएको चैत १ गते शुक्रवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ७४ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ पाँच रुपैयाँले घटेर ताेलाकाे दुई हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार ४५ रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *