२०८१ चैत्र १२ गते मङ्गलवार

सुनको मूल्य तोलामा ७ सय रुपैंयाले बढ्यो

काठमाडौँ, फागुन ६ । अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ ।

स्थानीय बजारमा आज प्रतितोला सुनमा रु. ७ सय ले वृद्धि भएको छ ।

मङ्गलबार प्रतितोला सुन रु.एक लाख ६८ हजार ७ सय मा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला रु. एक लाख ६९ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु.एक हजार ९ सय ७० मा कारोबार भइरहेको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार ९ सय १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *