२०८२ मङ्सिर १ गते सोमवार

सुनको मुल्य घट्याे


काठमाडौं,माघ १३ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १८ सय ६५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ८० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *