२०८२ असार २७ गते शनिवार

नेप्से परिसूचक ४९ अंकले वृद्धि


दाङ,पुस २२ । सोमबार नेपाल स्टक एक्सचेंज (नेप्से) परिसूचक ४९ अंकले वृद्धि भएर २६४०.६८ बिन्दुमा उक्लिएको छ।

समग्र बजारमा १.८९ प्रतिशतले वृद्धि हुँदा सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले बढेको छ।

सोमबार कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। कुल १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ।

सोमबार २२६ वटा कम्पनीको सेयर मूल्य बढेको छ। यसमध्ये आत्मनिर्भर लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लाग्यो, भने सुपर मादी जलविद्युतको मूल्य ९.७० प्रतिशतले वृद्धि भएको छ।

सोमबार १२ वटा कम्पनीहरूको मूल्य घटेको छ, भने ४ वटा कम्पनीहरूको मूल्य स्थिर रह्यो। यसबाहेक, सोमबार नेप्सेका सबै उपसमूहहरूको सूचक बढेको छ।

जलविद्युत्, लगानी, विकास बैंक, होटल र पर्यटन, जीवन बीमा लगायतका समूहका कम्पनीहरूले समग्र बजारलाई बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *