२०८१ माघ १० गते बिहिवार

सुनको मुल्य सामान्य अंकले बढ्याे


दाङ,मंसिर १९ । बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *