२०८१ मङ्सिर २७ गते बिहिवार

बुधबार सुनको मुल्य ९ सय रुपैयाले बढ्याे


दाङ,मंसिर ५ । आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सयले बढेर तोलाको एक लाख ६३ हजारमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलाको एक लाख ६२ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर तोलाको १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *