२०८१ मङ्सिर १९ गते बुधवार

सुनको मुल्य २२ सय रुपैयाँले घट्याे


दाङ,कार्तिक २९ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *