२०८३ कार्तिक १२ गते बुधवार

सोमबार २०.४६ अंकले घट्यो नेप्से


काठमाडौं,साउन १४ । साताको दोस्रो कारोबारको दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

सोमबार नेप्से परिसूचक २० दशमलव ४६ अंकले घटेको छ । नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशतले घटेर २६६१ को विन्दुमा पुगेको छ ।

आज १६८ कम्पनीको शेयर मूल्य घटेको छ भने ७० कम्पनीको शेयर मूल्य बढेको छ ।

आज २ लाख २२ हजार ६ सय ६० कारोबारबाट ३२५ कम्पनीका ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज दिनभरको कारोबार रकम १९ अर्ब ६० करोड ९१ लाख ७७ पुगेको छ ।

आज सबैभन्दा बढी शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै, कुमारी बैंकको २४ लाख ६३ हजारको शेयर कारोबार भएको छ ।

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *