काठमाडौं,असार १६ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ असार १६ गते आइतवार