
शरद रेग्मी,
दाङ,जेठ ७ । तुलसीपुरमा मंगलवारदेखि लक्ष्मी बैंकको नयाँ शाखा खुलेको छ । सेवा विस्तारको क्रममा बैंकले तुलसीपुरमा आफ्नो १०५ औँ शाखा स्थापना गरेको हो । मंगलबार तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे र बैकका डेपुटी सिईओ सुमेद भट्टराईले शाखाको उदघाटन गरेका हुन ।
लक्ष्मी बैंकको यो सहित ४७ जिल्लामा १०५ शाखा, २ एक्सटेन्शन काउन्टरसहित ४ स्थानमा हस्पिटल सेवा काउन्टर मार्फत प्रदान गरि रहेको कार्यक्रममा जानकारी दिइएको थियो । नयाँ शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमबाट, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरि शहरीतथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकका अनुभवलाई अझ सशक्त पार्ने बताएको छ ।
बैकंले ग्राहकहरुको वित्तिय आवश्यकता पुरागर्न सम्पूर्ण रिटेल बैकिंङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
सुविधा जनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तिय सेवाहरुको बढ्दो मागलाई पुरागर्न बैंकले नयाँ तथा वित्तिय पहुँच नपुगेका क्षेत्रहरुका बजारहरुमा सेवा विस्तार गर्ने जानकारी दिएको छ ।