काठमाडौं ,पुस ३ । प्री ओपन सेसनमा नेप्से परिसूचक साढे चार अंकले बढेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार प्री ओपन सेसनमा नेप्से परिसूचक ४.५६ अंकले बढेर २०६५.०६ विन्दुमा कायम भएको छ।
यो समयमा ५५ स्क्रिप्टको १० हजार ६८३ कित्ता सेयर ३८ लाख १८ हजार ८२२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएका स्क्रिप्टमध्ये ३६ वटाको मूल्य बढ्यो भने १३ को घट्यो। ४ स्क्रिप्टको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार