२०८३ साउन १७ गते आइतवार

बिहिवार शेयर बजार साढे ६ अङ्कले बढ्याे


काठमाण्डाै ,मंसिर २८ । शेयर बजार आज बिहीवार पनि बढेकाे छ ।

हिजाे बुधवार सामान्य बढेकाे शेयर बजार परिसूचक नेप्से आज छ दशमलव ५५ अङ्कले बढेर एक हजार नाै सय ९४ दशमलव ६० विन्दुमा पुगेकाे छ ।

आज बैंकिङ, लगानी, जीवन बीमा, माइक्राेफाइनान्स र व्यापार बाहेक अरू समूहकाे शेयर बढेकाेमा निर्जीवन बीमा, विकास बैंक, उत्पादन तथा प्रशाेधन र हाइड्राेपावर समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

आज बाेटलर्स नेपाल, हिमालयन लघुवित्त, नेपाल हाइड्राे डेभलपर्स, नेपाल रिपब्लिक मिडियाकाे शेयर १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन गुराँस लघुवित्तकाे शेयर झन्डै पाँच प्रतिशतले घटेकाे छ ।

आज ९६ लाख ३७ हजार कित्ता शेयर तीन अर्ब १५ कराेड रुपैयाँमा काराेबार भएकाे छ ।

सबैभन्दा धेरै साेनापुर मिनरल्स एन्ड आयल कम्पनीकाे १६ कराेड रुपैयाँकाे शेयर किनबेच भयाे ।

प्रकाशित मिति : २०८० मङ्सिर २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *