राजेश खत्री,
दाङ, जेठ २ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ रावत गाउँ निवासी ४१ बर्षीय अमृत धितालले माटो विना नै तरकारी फलाएर देखाइ दिएका छन् । अमृत फर्म दर्ता गरेपछि उनले गत पुस महिनादेखि यहाँ खेति सुरु गरेका थिए । १ हजार ५० स्वायर मिटरको टनेल निर्माण गरेर धितालले त्यसभित्र १ हजार ७ सय ७८ वटा बकेटमा तरकारी खेति गरेका छन् । भेन्लोटनेल पोलिकाब्रोनेट सिटद्धारा निर्मित धितालको ग्रिन हाउस भित्र आज विषादीरहित काँक्रा,भेडे खुर्सानी, टमाटर, भन्टा लगाएतका तरकारी फलिसेकका छन् ।
अमृत ६ बर्ष नेदरल्यान्ड बसेर स्वदेश फर्केका व्यक्ति हुन । उनले त्यहाँ बस्दा झन्डै ५ बर्ष यस्तै कृषि फर्ममा काम गरेर अनुभव संगालेका थिए । नदेरल्यान्डमा सिकेको त्यही सीप र ज्ञान आज धितालले स्वदेश फर्केर प्रयोगमा ल्याएको बताए । यो प्रविधिबाट गरिने खेतिमा माटोको प्रयोग पटक्कै हुँदैन । यस्तो खेतिलाई हाईड्रोपोनिक बटो बकेट अर्थात डच बकेट खेतिपनि भन्ने गरिन्छ । यो प्रविधिको खेतिमा माटोको सट्टा परलाईट र क्लेपेवल प्रयोग गरिन्छ । जस्लाई समग्रमा मिडिया भन्ने गरिन्छ । विरुवाका जरा अड्याउन सहयोग गर्ने र उस्लाई आवश्यक खाद्य तत्व उपलब्ध गराउन सहयोग गर्ने हुँदा त्यसलाई मिडिया अर्थात माध्यम भन्ने गरिन्छ । टनेल निर्माण गर्नेदेखि मिडिया लगाएका यी सबै सामाग्री धितालले चाइना बाट झिकाएको जानकारी दिए ।
धितालले भने ‘फलेको काँक्रा ठूलो हुनै पाउँदैन,यही आएर खोसाखोस गर्छन,’ धिताले भने ‘हाम्रो उत्पादन विषदीरहित हुन्छ त्यसले गर्दा खोसाखोस हुन्छ।’
टनेल (संरचना) निर्माणमा मात्रै धितालको ८५ लाख खर्च भएको छ । ४३ लाख जति धिताले व्यक्तिगत लगानी गरेका छन् भने ४६ लाख रकम साना तथा मझौंला कृषक आयस्तर बृद्धि आयोजिनाको पुरक अनुदानमा उपलब्ध गराउने सहमति भएको छ । तर हालसम्म परियोजना वाट २२ लाख जति रकम मात्रै उपलब्ध भएको धितालले बताए ।
परम्परागत रुपमा माटोमा तरकारी खेती गर्दा सोचे अनुरुप फाईदा नुहने हुँदा आँफुले आधुनिक प्रबिधिबाट तरकारी खेति शुरु गरेको धितालले बताए । हाईड्रोपोनिक बटो बकेट प्रविधिवाट खेति गर्दा लामो समयसम्म उत्पादन लिन सकिन्छ । बिद्युतको प्रयोग गरेर प्रत्येक तरकारीको बोटमा त्यसलाई चाहिने आवश्कय तत्व फिड पाईप मार्फत एकै साथ पु¥याउन सकिने हुँदा खेति गर्न सजिलो हुने धितालले बताए ।
बिरुवालाई चाहिने सबै १६ प्रकारका खाद्यतत्व पानीमा मिलाएर इलेक्ट्रिक सिस्टमबाट दिँदा बिरुवामा कुनै रोगकीराले आक्रमण गर्ने सम्भावना नरहने धितालले जानकारी दिए ।
हाईड्रोपोनिक बटो बकेट पद्धतिको खेतिमा तरकारीका लागि आबश्यकता अनुसारको वातावरण निर्माण गर्न रुफ भेन्टिलेटर, अटोमेटिक सेड नेट, कुलिङ प्याड र ईस्जाउटर पंखा जडान गरिएको हुँदा बाह्रै मास टनेल भित्र समान वातावरण निर्माण गर्न सहज हुने धिताले बताए । ‘ टनेल भित्र बाह्रैमास समान वातावरण सृजना गर्न सकिन्छ,’ धितालले भने ‘हिउँदामा गर्मी, गर्मीमा हिउँदको जस्तो वातावरण बनाउ सजिलो हुन्छ।’ त्यसले गर्दा चर्कौगर्मी, हिउँ वा तुसारो तथा भारी बर्षाले गर्दा वोट विरुवामा हुने क्षति हाईड्रोपोनिक बटो बकेट पद्धतिको खेतिमा नरहने धितालले जानकारी दिए ।
बिज्ञान र प्रबिधिको बिकास तीव्र रुपमा भइरहेको हुँदा त्यसको अनुशरण गर्न सक्ने हो भने मनग्य आमदानी गर्न सकिने उनले बताए । पुरानो पद्धतिबाट खेति गर्दा त्यो निर्वाहमुखी मात्रै हुने हुँदा नयाँ प्रवृधिको खेति गर्दा मनग्य फाईदा लिन सकिने धितालको भनाई छ । ‘यदी सबैले यसैगरी खेति गर्ने हो भने केही बर्षमै भारतवाट आउने तरकारी पूर्ण रुपमा रोकिन्छ । बरु यताको उत्पादन उता पठाएर देशले आर्जन गर्न सक्छ।’ धितालले भने ।
हाईड्रोपोनिक बटो बकेट प्रविधिवाट गरिने खेति बिषदीरहित हुने हुँदा यसले उपभोक्ताको स्वास्थ्य जोखिममा नपार्ने धितालले दाबी गरे । हाईड्रोपोनिक बटो बकेट प्रविधिवाट खेतिगर्दा तुलनात्मक रुपमा श्रमिक पनि थोरै भए पुग्ने र खेति गर्न पनि सहज हुने धितालले बताए ।