२०८० फाल्गुन २० गते आइतवार

बिहीबार यस्तो छ,विदेशी मुद्राको विनिमय दर

काठमाडौं,मंसिर २१ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बेंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा रहेको छ भने युरो एकको खरिद दर १४३ रुपैयाँ ४९ पैसा र बिक्री दर १४४ रुपैयाँ १३ पैसा कायम छ।

यसैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा र बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ।

यस्तै, क्यानेडियन डलर १ को खरिद दर ९७ रुपैयाँ ९६ पैसा र बिक्री दर ९८ रुपैयाँ रहेको छ भने अष्ट्रेलियन डलर १ को खरिद दर ८७ रुपैयाँ ३७ पैसा र बिक्री दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ।

साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४७ पैसा र बिक्री दर ३५ रुपैयाँ ६५ पैसा रहेको छ भने मलेसियन रिंगिट १ को खरिद दर २८ रुपैयाँ ५० पैसा र बिक्री दर २८ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *