२०८० फाल्गुन २० गते आइतवार

नेप्से परिसूचक ३.३३ अंकले बढयो

काठमाडौं ,मंसिर २० । नेप्से परिसूचक सामान्य अंकले बढेको छ।

साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक बुधबार आएर ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा कायम भएको हो। यसअघि मंगलबार नेप्से परिसूचक १०.१० अंकले गिरावट आएको थियो।

नेप्से बढेको दिन २९३ स्क्रिप्टको ३४ हजार ९७१ पटकको कारोबारमार्फत् १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँको कारोबार भएको छ।


यसदिन ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सर्वाधिक कमाए। सो कम्पनीको मूल्य १० प्रतिशतले बढ्दा विजय लघुवित्त वित्तीय संस्थाको ८.०७ प्रतिशत,मन्दाकिनी हाइड्रोपावरको ७.८७, मोलुंग हाइड्रोपावरको ७.८३ र गणपति लघुवित्त वित्तीय संस्थाको ७.७६ प्रतिशतले बढ्यो।

यसैगरी आज सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जीका लगानीकर्ता गुमाए। कम्पनीको मूल्य ९.१३ प्रतिशतले घट्यो।
सनराइज ब्ल्यचिप फण्डको ५.७३ र सबैको लघुवित्त वित्तीय संस्थाको ४.९८ प्रतिशतले घट्यो।

यसैगरी गुमाउनेमा मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता पनि परे। बुधबार कारोबारमा आएका ८ वटा समूहको उपसूचक बढे भने बाँकी ५को घट्यो।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *