काठमाडौँ,असोज ९ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ ।
महासङ्घले आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य ३० रुपैयाँले घटेको जानकारी दिएको हो ।
महासङ्घका अनुसार मूल्य घटेसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।
हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेर कारोबारमा आएको छ ।
महासङ्घले आज १४ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको चाँदीको मूल्य हिजो १४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार