२०८२ माघ ८ गते बिहिवार

शेयर बजार सामान्य अंकले घट्यो

काठमाण्डौ,साउन २९ । शेयर बजार आज सोमवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल, जलविद्युत्, लगानी, बीमा, अन्य र व्यापार समूहको शेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्सुरेन्स कम्पनीको शेयर साढे छ प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर साङ्गे जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज ५४ लाख १७ हजार कित्ता शेयर दुई अर्ब नौ करोड १३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८० साउन २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *