२०८३ जेष्ठ १६ गते शनिवार

मंगलवार फेरी बढ्यो सुनको मुल्य

काठमाडौं,साउन १६ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला चार सय रुपैयाँले उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ४५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ६०० रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो। मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर तोलाको १४ सय ७५ रुपैयाँ कायम भएको छ।

सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको थियो।

प्रकाशित मिति : २०८० साउन १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *