२०८२ माघ ४ गते आइतवार

सेयर बजार २६ अंकले घट्यो

काठमाडौं ,साउन १४ । साताको पहिरो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा पुगेको छ।

आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर २ अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ रुपैयाँमा सेयर खरिदबिक्री भयो। आज कुनै पनि कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको १४ करोड बढी मूल्यको सेयर कारोबार भयो। सोल्टी होटको ११ करोड र एभरेष्ट बैंकको १० करोड बढिको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को घट्यो। म्युचुअल फण्डको सेयर मूल्य ०.३२ प्रतिशतले बढ्यो। आज १८९ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *