काठमाडौँ ,साउन १० । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ। यससँगै सूचक २१६८.४५ विन्दुमा आएको छ।
यस अवधिमा ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१७ कम्पनीको २९ सय ६५ कित्ता सेयर कारोबार भएको छ। यस सेसनमा कुल ३० पटक कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ३ वटाको घटेको छ।
बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।
प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
