घोराही उपमहानगरपालिका १३ डुम्मर गाउँको शितल टोलमा सयपत्री फूल को खेति गरिएको छ । लगानी कर्ताहरु ईन्द्रा बुढा क्षितिज मगर, लोकेन्द्र रोका र बुढाले सयुक्त रुपमा सामुहिक फूल खेति गरेका हुन् । अरुको दुइ विघाह छ कट्ठा जमिन भाडमा लिएर उनीहरुले संयुक्त रुपमा फूल खेति गरेका हुन् ।
दुईजनाको जमिन १५ हजारका दरले सिजन भरीको ३० हजार भाडा लिएर उनीहरुले खेति गरेका हुन् ।
सयपत्री फूलको मूल्य उनीहरुले निर्धारण गरे बमोजिम मझौला फुल पाँच रुपैयाँको तिन वटा र सानो फूल एक रुपैयाँको एक गोटा मुल्य निर्धारण गरेका छन । सयपत्री मालाको साईज अनुसार ८० देखि एक सय ५० रुपैयाँ सम्म मुल्य निर्धारण गरीएको छ ।
हेर्नुहोस फोटोफिचर
हेर्नुहोस भिडियो
प्रकाशित मिति : २०७५ कार्तिक १२ गते सोमवार