२०८३ असोज ३० गते शुक्रवार

सुनको भाउ घटेर तोलाको एक लाख रुपैयाँ

काठमाण्डाै ,मङ्सिर २७ । आज सुनको भाउ घटेको छ । सुनको भाउ दुई सय रुपैयाँले घटेर तोलाको एक लाख रुपैयाँमा झरेको हो ।

हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने यथावत् छ ।

हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी एक हजार तीन सय ९० रुपैयाँमा झरेको थियो । आज यही भाउ कायम रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने हप्ताको पहिलो दिन अस्ति सुन तोलाको एक लाख पाँच सय रुपैयाँ र चाँदी १ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *