२०८२ असार ७ गते आइतवार

शेयर बजार आज पनि घट्यो, १९ सय १० विन्दुमा झर्‍यो

काठमाण्डौ ,भदौ ३१ । शेयर बजार आज शुक्रवार पनि घटेर राताम्मे भएको छ ।

हिजो बिहीवार ५७ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव १० अङ्कले घटेर एक हजार नौ सय १० दशमलव ३८ विन्दुमा झरेको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बीमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २० वटा कम्पनीको २९ लाख १६ हजार कित्ता शेयर ९० करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

समग्रमा बजार घटे पनि नवीन ब्यालेन्स फन्डको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *