२०८२ असार २३ गते मङ्गलवार

शेयर बजार १५ अङ्कले बढ्यो, कारोबार रकम बढेर झन्डै ५ अर्ब रुपैयाँ पुग्यो

काठमाण्डौ,साउन १२ । शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा पुगेको छ ।

दोहोरो अङ्कले बजार बढेको दिन निर्जीवन बीमा, उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । आज कारोबार सङ्ख्या र रकममा निकै वृद्धि भएको छ ।

दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै १८ करोड र शिवम् सिमेन्टको १५ करोड ८६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज विन्ध्यवासिनी हाइड्रो विकास कम्पनी र राष्ट्र उत्थान लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै हिमालयन पावर पार्टनर र एक्सेल डेभलपमेन्ट बैंकको शेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

समग्रमा बजार बढे पनि राधी जलविद्युत्, बलेफी हाइड्रो र ग्रीन भेन्चर्स कम्पनीको शेयर भने झन्डै चार प्रतिशतका दरले घटेको छ ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *