२०८३ कार्तिक ८ गते शनिवार

सुनको मूल्य घट्यो

काठमाडौं, असार १ । बुधबार सुनको मूल्य घटेको छ भने चाँदीको यथावत छ।

आज सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ६ सय रुपैयाँ घटेको हो। केही दिन यता सुनको मूल्यमा गिरावट देखिएको छ।

यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार भने ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन समेत चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

बुधबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेर प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *