२०८३ असार २७ गते शनिवार

शेयर बजार साढे ४० अङ्कले घट्यो,पाँच अर्ब ८३ करोड रुपैयाँको कारोबार

काठमाडौं,माघ २३ । हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से घटेको छ । नेप्से आज आइतवार ४० दशमलव ५७ अङ्कले घटेर दुई हजार आठ सय ३६ दशमलव १७ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज एक करोड ६ लाख कित्ता शेयर पाँच अर्ब ८३ करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज विन नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्सको शेयर साढे सात प्रतिशत र बुद्धभूमि नेपाल हाइड्रोको शेयर साढे ६ प्रतिशतले ओरालो लागेको छ । समग्र बजार घट्दा पनि नेपाल हाइड्रोको शेयर आठ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *