२०८३ असार २८ गते आइतवार

चार दिन लगातार घटेको शेयर बजार आज तीन अङ्कले बढ्यो

काठमाडौं,माघ २३ । चार दिनसम्म लगातार घटेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन भने सामान्य बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन दशमलव २९ अङ्कले बढेर दुई हजार सात सय ७९ दशमलव ९३ विन्दुमा पुगेको छ ।

आज निर्जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ३२ अङ्कले बढ्दा फाइनान्स, जलविद्युत्, उत्पादन, अन्य समूहको शेयर सामान्य बढेको छ ।

फाइनान्स समूहको शेयर १४, जलविद्युतको पाँच, उत्पादनको २५ र अन्य समूहको शेयर १७ अङ्कले बढेको छ ।

आज ६६ लाख ७५ हजार कित्ता शेयर तीन अर्ब ३४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेशनल लाइफ इन्स्योरेन्सको २० करोड रुपैयाँको शेयर किनबेच भयो ।

विन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोको शेयर आज पनि १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको शेयर भने चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *