२०८२ कार्तिक २९ गते शनिवार

सुन चाँदीको भाउ सामान्य घट्यो

काठमाडौं,साउन १० । हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ सामान्य घटेको छ । आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार रुपैयाँ तोकिएको छ। पछिल्लो समय सुनको भाउमा सामान्य उतारचढाव आइरहेको छ ।

यो हप्ता पनि भाउ यस्तै रहने अनुमान छ ।

विश्व बजारमा सुनमा भन्दा शेयरमा आकर्षण बढेकाले तत्कालै सुनको भाउमा धेरै उतारचढाव आउने सम्भावना नरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

यस्तै, आज चाँदीको भाउ पनि सामान्य घटेको छ ।

चाँदीको भाउ आज तोलामा १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँ तोकिएको छ ।

 

 

प्रकाशित मिति : २०७८ साउन १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *