काठमाडौं,असार २३ । नेपाली बजारमा सुनको मूल्य ४ सयले बढेको छ।
बुधबार सुन तोलामा ४ सयले बढेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
तेजावी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : २०७८ असार २३ गते बुधवार
