काठमाण्डौ,असार ८ । सुनचाँदीको भाउ आज बढेको छ ।
सुन तोलामा छ सय रुपैयाँले बढेर तोलाको ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो चार सय रुपैयाँले बढेर सुनको भाउ तोलाको ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी तोलामा पाँच रुपैयाँ बढेको छ ।
हिजो १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार तीन सय रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०७८ असार ८ गते मङ्गलवार
