काठमाडौं, जेठ २। कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । बजार व्यवसाय ठप्प भएपनि नेपाली बजारमा सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ ।
गत शुक्रबार तोलामा ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको भाउ आज ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदी पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ पुगेको छ । सुनको कारोबार ठप्प भएपनि महासंघले प्रत्यक दिन अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ २ गते आइतवार
