२०८१ बैशाख ७ गते शुक्रवार

सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

काठमाडौं,फागुन १८ । सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको छ ।

सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबारका लागि ८७ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको महासंघले जनाएको छ ।

यस्तै आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ ।

सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको छ ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *