२०८० चैत्र १६ गते शुक्रवार

गणेशपुर पार्कमा होमस्टे सञ्चालकका लागि तालिम

तुलसीपुर,फागुन ११ ।तुलसीपुर क्षेत्रका सामुदायिक होमस्टेका सञ्चालकहरुका लागि ५ दिने तालिम सुरु भएको छ । मंगलबारदेखि सुरु भएको तालिम होमस्टे ब्यबस्थापन र सञ्चालनका सम्बन्धमा केन्द्रित रहने छ ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा तुलसीपुर ७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा तालिम चलिरहेको छ । कार्यक्रममा नगरप्रमुख घनश्याम पाण्डेले देशको अर्थतन्त्र शुदृढीकरण गर्नका लागि होमस्टेको भूमिका महत्वपूर्ण रहने बताए ।

आर्थिक,सामाजिक,वातावरणिय संस्कारको संरक्षण र सम्र्बद्धन गर्दै ब्यबस्थित तरिकाले होमस्टे सञ्चालन गर्न सके चौतर्फी लाभ लिन सकिने पाण्डेको धारणा छ ।

स्थानीय सरकार र प्रदेश सरकारको सहयोगमा उपमहानगरपालिका भित्र ६ वटा होमस्टे सञ्चालनमा ल्याइएको उनले जानकारी दिए । उनले तुलसीपुरलाई नेपालकै उत्कृष्ट र नमुना होमस्टेको क्षेत्र बनाउन तर्फ लाग्न सञ्चालकलाई आग्रह गरे ।

तालिमका प्रशिक्षक होमस्टे एसोसिएशनका केन्द्रीय सल्लाहाकार तिलक ढकालले होमस्टेले ग्रामिण क्षेत्रको आयआर्जनमा टेवा पु¥याउने आशा ब्यक्त गरे ।

एसोसिएशनका केन्द्रीय सचिव कृष्णलाल चौधरीले अहिले नीजि र सामुदायिक होमस्टे गरि १ हजार ५ सय बढी होमस्टेहरु सञ्चालनमा रहेको तथ्याङ्क प्रस्तुत गरे ।उनले लुम्बिनी प्रदेशमा पनि ५० बढी होमस्टेहरु सञ्चालनमा रहेको बताए ।

तुलसीपुरका आर्थिक समिति संयोजक माधव वलीको अध्यक्षता भएको कार्यक्रममा तुलसीपुर ७ कावडाध्यक्ष टोपबहादुर केसी,होमस्टे सञ्चालक डिआर भण्डारी लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

प्रशिक्षकमा तिलक ढकाल र कृष्णलाल चौधरी रहेका छन् ।कार्यक्रमको सहजिकरण तुलसीपुरकी पर्यटन शाखा प्रमुख यसोदा वलीले गरेकी हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *